

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ ।
पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छिन् । उनमा निमोनियासमेत देखिएको छ ।

