प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक स्थगित


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ ।

तीन तहका निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका थिए । हिजो गठबन्धनका केही नेता र प्रधानमन्त्रीको सचिवालयले आज बैठक बस्ने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको हुनसक्ने बुझिएको छ । बैशाखमै स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) शनिबारको सर्वदलीय बैठकमा सहभागी नहुने बताएका थिए । उपमहासचिव प्रदीप ज्ञवालीले अहिले निर्वाचनका लागि सर्वदलीय बैठकमा छलफल गरिरहनुको औचित्य नहुने बताएका थिए ।

प्रतिक्रिया