१९मध्ये १७ स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य केन्द्र नै बन्द


तनहुँ – तनहुँको भिमाद नगरपालिकाको भिमादस्थित प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १९ जनामध्ये १७ लाई कोरोना सङ्क्रमण भएको छ । कोरोना संक्रमणले केन्द्र बन्द गरिएको छ ।

धेरैलाई सङ्क्रमण भएपछि स्वास्थ्य केन्द्र बन्द गर्नुपरेको केन्द्रका कर्मचारीहरुले बताउनुभयो । एकै पटक १७ जनालाई सङ्क्रमण भएकोले बन्द गर्नुपरेको भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनुराज बरालले जानकारी दिए ।

बराल आफू पनि संक्रमित छन्। शाखामा कार्यरत चार जनामध्ये तीन जनालाई परिक्षण गर्दा पोजेटिभ आएको र एक जनालाई लक्षण देखिएको उनले जानकारी दिए । नगरपालिकामा कार्यरत चिकित्सक तीन जना, अहेब तीन जना, अनमी ५ जना स्टाफ नर्स, फार्मेसी सहायक, रेडियो ग्राफर, वरिष्ठ ल्याव सहायक एक एक जना, कार्यालय सहयोगी दुई जना गरी १७ जनालाई सङ्क्रण भएको केन्द्रका वरिष्ठ ल्याव असिष्टेन्ट रुपक बुढाले जानकारी दएि । ।

दुई जना नर्स मात्रै सुरक्षित रहेकाले केन्द्रको सेवा बन्द गरिएको हो । ‘‘शरीर दुख्ने, श्वास फेर्न कठिन हुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, स्वाद र गन्ध हराउनेजस्ता कोरोनो लक्षण देखिएपछि एन्टिजेन परिक्षण गर्दा मलाई पोजेटिभ भएको देखियो अन्यको परिक्षण गर्दा पनि सङ्क्रमण भएको पुष्टि भयो’’ उनले भने ।

प्रतिक्रिया