विवाहका लागि अतिथिलाई गुगल मिटमा आमन्त्रण, अनलाइनबाटै भोज डेलिभरी


काठमाडौं – उनीहरूको भेट अनलाइनमै भयो र कोभिड १९ को तेस्रो लहरका कारण विवाह पनि अनलाइनमै हुँदैछ । सन्दिपन सरकार र अदिती यही जनवरी २४ मा पश्चिम बङ्गालको बर्दवान जिल्लामा केवल सय जना अतिथिको उपस्थितिमा बैबाहिक जीवनको गाँठोमा बाँधिनेछन्।

जब कि बाँकी ३५० अतिथि भने आफूलाई उपलब्ध गराइएको लिङ्कमार्फत गुगल मिटबाट सहभागिता जनाउनेछन् । भर्चुअल रुपमा बैबाहिक कार्यक्रममा सहभागिता जनाए पनि विवाह भोजबाट उनीहरू बञ्चित हुनेछैनन् । किन भने जोमाटोले सबै अतिथिको घरघरमा भोजन डेलिभरी गर्नेछ ।

‘मलाई ४ जनवरीदेखि १४ जनवरी बीचको समयमा कोभिडि भएको थियो र अस्पताल भर्ना भएको थिएँ । बर्दवान बाहिरबाट उपस्थितिका लागि आउने अन्य अतिथितिहरूले त्यस्तो अवस्था भोग्नु नपरोस् भन्ने चाहन्छु । यद्यपि हामीले पर्याप्त किसिमले पूर्व सावधानी अपनाउने निर्णय लिएका छौँ । अदितीको बुबा पनि अस्पताल भर्ना भएका थिए, ‘ सन्दिपन सरकारले भनेका छन् ।

पश्चिम बङ्गाल सरकारले ५० देखि बढीमा २०० जना अतिथिहरू मात्र विबाहमा सहभागी हुन पाउने गरी सीमित गरेको छ । यद्यपि यो जोडीले त्यसभन्दा अगाडि बढ्दै अनलाइनमा विवाह उत्सव मनाउने र जसमा उनीहरूको राज्य र केहीले ब्याङ्ग्लोरबाट उक्त अवसरको हिस्सा बन्न पाउनेछन् । गत वर्ष नै हुने गरी तय भएको उनीहरूको विवाहको मिति महामारीकै कारण पछाडि धकेलिएको थियो ।

नयाँ मिति नआउँदै उक्त जोडीले कोभिडको तेस्रो लहरका कारण पुनः उही अवस्थामा पुग्नुपर्‍यो । ‘सन्दिपनले नै यो प्रस्ताव अगाडि सारेका थिए र मानिसहरू यो सुनेर पक्कै हाँस्नेछन् भन्ने सोचेका थियौँ । तर हामी नै सुरुमा यो ट्रेन्ड बसाउनुपर्छ भन्ने निर्णयमा पुग्यौँ । हाम्रा परिवारलाई पनि सुनायौँ । हामीले किन त्यसो गर्दैछौँ भनेर सुरुमा अनौठो पनि मान्नु भयो । तर महामारीकै बीच हामीले सबैको माझ विवाह मनाउन पाउने भएपछि खुशी छौँ ,’ अदितीले भनेकी छन् ।

‘सुरुमा त मेरो आमा र बुबाले प्रश्न उठाइरहनु भएको थियो । तर जब उहाँहरूले अरुले हाम्रो प्रसंसा गरेको देख्नु भयो त्यसपछि भने स्वीकार गर्नु भयो । अहिले सबैतिरबाट हामीलाई बधाई दिन कल आइरहेको छ,’ हुनेवाली दुलहीले थपेकी छन् । फ्लिपकार्ट जस्ता अनलाइन शपिङमार्फत जोडीका लागि आउने गिफ्टलाई स्वागत गरिनेछ । त्यस्तै नगद जीपे जस्ता भुक्तानी प्लेटफर्मबाट पठाउन सकिनेछ । विवाह भोजमा पब्दा फिश, मटन, चिकेन, नान, पुलाउ र राइस हुनेछ । बेहुला बेहुली पश्चिम बङ्गालका विपक्षी फुटबल क्लवका समर्थक भएकाले डेजर्टमा दुई प्रकारका रसग्ल्ला पनि समावेश हुनेछन् ।

‘अदिति इस्ट क्लवको फ्यान भएकाले हामीसँग रातो र पहेँलो रसगुल्ला अनि बाँकी म चाहीँ महुन बागन क्लवको फ्यान भएकाले रातो र हरियो रसगुल्ला रहनेछन्,’ गर्वसाथ सन्दिपनले खुलाए । यति मात्र होइन, भोजमा थप पान समेत रहनेछ । अतिथिहरूले भौतिक रुपमा विवाहमा उपस्थित हुन नसकेपनि हार्दिकतापूर्वक भोजन प्राप्त गर्नेछन् । ट्रेन्डसेटरको रुपमा सन्दिपन र अदितीले अन्य जोडीले समेत आफूहरूको बाटो पच्छ्याउने अपेक्षा राखेको इन्डिया टुडेले लेखेको छ ।

प्रतिक्रिया