भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक


काठमाडौं – सरकारले भिजिट भिसामार्फत खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक लगाएको छ ।

पछिल्ला दिन कोभिड-१९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।

पछिल्ला दिन ओमिक्रोन भेरिएन्ट तीव्र भएपछि सरकारले काठमाडौं उपत्यका लगायत देशभर कडाई गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबार मध्यरातबाट सवारी साधनका लागि जोर बिजोर प्रणाली समेत लागू गरिएको छ ।

प्रतिक्रिया