ट्याक्टर दुर्घटना हुँदा बैतडीमा दुईको मृत्यु


बैतडी – ट्याक्टर दुर्घटना हुँदा बैतडीमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्ट रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

मेलौली नगरपालिका–९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर शनिबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्याक्टर चालक कैलालीको गौरीगङ्गा नगरपालिका–३ का २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया