यस्ता सवारी साधनलाई लाग्दैन उपत्यकामा जोर बिजोर प्रणाली (सूचीसहित)


काठमाडौं – कोरोना भाइरस संक्रमणले तीब्र रुप लिएसंगै काठमाडौं उपत्यकाभित्र आज (शुक्रबार) मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको हिजो (बिहीबार) बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने तीन वटै जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन ९चालक र सहचालक मात्र०, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन ९चालक र सहचालक मात्र०लाई भने जोर बिजोर प्रणाली लागू हुने छैन ।

यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन ९चालक र सहचालक मात्र०, परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक, बीमा, वित्तीय संस्था र वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

यसैगरी सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास र परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, र कूटनैतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू नहुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

प्रतिक्रिया