अर्का अध्यक्ष प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री पुगे शितलनिवास


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

शनिबार बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।

शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयस्रोतले जनाएको छ ।

राष्ट्रपति निवास जानु अघि प्रधानमन्त्री ओली शनिबार बिहान प्रचण्डनिवास खुमलटारमै गएर नेकपा नेता बामदेव गौतम र प्रचण्डसँग छलफल गरेका थिए । त्यहाँबाट फर्किने क्रममा गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेका थिए ।

प्रतिक्रिया