आज बिहानैदेखि बागमती प्रदेशसहित केही प्रदेशमा वर्षा र हिमपात


काठमाडौं – देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । वाग्मती र प्रदेश १ का केही स्थानमा बिहानैबाट वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू–भागमा सामान्यतया सफादेखी आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया