सिंह र बिरालोमा पनि देखियो कोभिड


काठमाडाैँ – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण मानिसलाई मात्रै होइन जीव जन्तुलाई पनि देखिन थालेको छ । केही समयअघि बाघलाई देखिएको कोराना यसपटक भने बिरालो र सिंहलाई पनि देखिएको हो । हुन त कोरोना सुंगुर या चमेरोबाट फैलिएको भनिएको छ । त्यो अझै पुष्टि भएको छैन ।

यसपटक दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखियो ।। कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो ।

उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनाबरहरुले श्वास फेर्न कठिनाई महशुस गरेको बताइएको छ ।

जनाबरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यसअघि मानिसबाट जनाबरमा कोभिड सर्ने वैज्ञानिकहरुले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।

जनावरमा गरिएका परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने प्राप्त विवरणहरुमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया