
चीनले नेपाललाई २० लाख सिरिन्ज दिने
काठमाडौँ – चीन सरकारले नेपाललाई २० लाख सिरिन्ज (सुई) उपलब्ध गराउने भएको छ। कोरोनाविरुद्धको खोप लगाउन सिरिञ्ज अभाव भएपछि नेपालले सुई उपलव्ध गराउन चीन सरकारलाई आग्रह गरेको थियो।
पर्याप्त खोप रहे पनि सिरिञ्ज नहुँदा कोरोनाविरुद्धको खोप अभियान नै प्रभावित बनेपछि सरकारले सिरिञ्जको लागि चीन सरकारलाई आग्रह गरेको थियो। नेपालको माग अनुसार चीनले सिरिन्ज उपलब्ध गराउन लागेको हो।
केही दिनमै चिनियाँ राजदूतले नेपाललाई २० लाख थान सिरिन्ज हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको समन्वयमा चीन सरकारले नेपाललाई सिरिन्ज उपलब्ध गराउन लागेको हो।



कागजपत्र |
