

प्रधानमन्त्री कपः पुलिसलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

काठमाडौं — सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कपको उपाधि हात पारेको छ ।
विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई बुधबार भएको फाइनल खेलमा २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप—विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए । अनिल शाह १० रन आउट हुँदा अमित श्रेष्ठ ३ रनमा आउट भए ।
राशिद खानले ४ रन जोडे भने पवन सर्राफ सुन्य रनमा आउट भए । गुलशन झा ५ रनमा अविजित रहदा योगेन्द्र सिंह कार्की १ रन अविजित रहे ।
एपीएफका किशोर महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले १र१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो।
एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।
यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए ।
किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३र३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए ।
विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

