उपत्यका प्रशासनले लगायो कोरोना रोकथामका लागि नयाँ प्रतिबन्ध (आदेशसहित)


काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाको बढ्दो कोरोना संक्रमणदर रोकथाम गर्न नयाँ प्रावधान ल्याइएको छ । आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त प्रावधान ल्याएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार यही माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने भएको निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलद्वारा जारी आदेशमा जनाइएको छ ।

यस्तै, माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न नपाइने भएको छ । गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न/गराउन पाइनेछ ।

भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना हुने गरी माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरूलाई मात्रै उपस्थित हुने गरी गराउन पाइनेछ ।

सार्वजनिक सवारीसाधनमा स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएको छ । मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ ।

यी व्यवस्थाहरू आज राति १२ बजेदेखि लागु हुने प्रशासनले जनाएका छन् ।

आदेशः

 

प्रतिक्रिया