आज सत्ता गठबन्धन दलको बैठक बस्दै


काठमाडौं – आज (मंगलबार) सत्तारूढ गठबन्धन दलहरूको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।

सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो ।

आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया