

नयाँ रक्षा सचिव शर्माको पद बहाली

काठमाडौं – नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गरेका छन्। मन्त्रालयमा उनलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गरे । सरकारले केही दिनअघि उहाँलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।
यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो । यसबीचमा सहसचिव अधिकारीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हालेका थिए । यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई आजै भेटेर बधाई ज्ञापन गरेका थिए ।

