प्रदेश २ को प्रदेश सभा बैठक जारी, राजधानी तथा नामाकरण विषयमा छलफल


काडमाडौं – प्रदेश २ को प्रदेश सभा बैठक बसिरहेको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो ।

बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला(भोजपुरा र मध्य मधेश तथा राजधानी जनकपुरसहित उत्तर पूर्वमा ढल्केवर(कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रतिवेदन पेश गरेको छ ।

प्रतिक्रिया