सभामुख सापकोटाविरुद्धको फौजदारी अवहेलना मुद्दा ‘हेर्न नभ्याइनेमा’


काठमाडौं– सभामुख अग्नी सापकोटाविरुद्ध संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको फौजदारी अवहेलना मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

यसअघि दुई पटक उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको थियो। १० महिनाअघिसम्म पटक–पटक हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाई आज संवैधानिक पूर्ण इजलासमा हुन लागेको थियो। यसअघि ३० फागुन ०७६ मा पनि हेर्दाहेर्दैमा राखिएको थियो।

काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटासहित सूर्यमान दोङलगायतका नेताविरुद्ध पूर्णीमायाले दागर गरेको रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश २२ भदौ ०७२ मा तत्कालिन प्रधानन्यायाधीश सुशील कार्की र ओमप्रकाश मिश्रको इजलासले गरेको थियो।

प्रतिक्रिया