कोरोना लक्षण देखिए ५ दिन क्वारेन्टिन अनिवार्य बस्नुपर्ने


काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको लक्षण देखिएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने बताएको छ ।

जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो ।

पाँच दिन क्वारेन्टिनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा लगाउन सम्बन्धित संस्थान एवं कार्यस्थललाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया