मन्त्री यादवद्वारा रेल्वेमा जथाभावी कर्मचारी भर्नाकाे विरोध


जनकपुरधाम – प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वे कम्पनीको कर्मचारी भर्नाको विरोध गरेका छन् ।

लोकसेवा आयोगको परीक्षा लिएर कर्मचारी भर्ना गर्नुपर्नेमा जथाभाबी गरेको यादवको दाबी छ । केन्द्र सरकारले नेकपा एकीकृत समाजवादी सम्बद्ध निरन्जन झालाई रेल्वे कम्पनीको महाप्रबन्धक बनाएको थियो ।

झा नेतृत्वको रेल्वे कम्पनीले जनकपुर–जनकपुरधाम–कुर्थासम्म रेल सञ्चालन गर्न हालै मात्र ६० जना कर्मचारीलाई नियुक्त गरेको छ ।

काँग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादवले आज (आइतबार) पत्रकारहरुसँग कुरा गर्दै लोक सेवा आयोगको परीक्षा मार्फत कर्मचारी भर्न गर्न बाध्य पार्न आन्दोलन गर्नुपर्ने बताए ।

प्रतिक्रिया