‘धर्मशाला भनेको त सेभेन स्टार होटलजस्तो रहेछ’


काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेनले सञ्चालन गरेको पशुपति धर्मशालाको निरीक्षण गरेका छन्।

निरीक्षणपछि मन्त्री आले आफैं ‘सक्ड’ भएका छन्। उनले भने, ‘धर्मशाला भनेको छ सेभेन स्टार होटल जस्तो रहेछ। यहाँको भाडा पनि उस्तै महँगो रहेछ।’

मन्त्री आलेले यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने बताउँदै त्यसपछि आवश्यक निर्णय लिइने बताए। उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ।’

आफूले कसैसँग राजनीतिक प्रतिशोध नसाँधेको आलेको भनाइ छ। जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने मन्त्री आलेले प्रतिबद्धता जनाए।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएर सञ्चालन गर्दै आएको छ।

भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ। सो होटलमा बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ।

प्रतिक्रिया