च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना पुष्टी, आजको खेल स्थगित


काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजनअन्तर्गतको आइतबार हुने भनिएको च्यासल र नेपाल पुलिस क्बलबीच खेल स्थगित भएको छ । च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि आइतबारको खेल स्थगित भएको जनाइएको छ ।

बिहीबार च्यासल युथका सहायक प्रशिक्षक आशिक थापामगरले रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना संक्रमण भएको बताएका थिए । तर, आइतबार १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएकाले च्यासल र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ खेलाडी उपलब्ध भएपछि खेल खेलाउने निर्णय गरेको थियो । तर, च्यासलले २८ खेलाडीमात्र दर्ता गरेको छ । त्यसैले च्यासल युथका १४ खेलाडी पनि उपलब्ध नहुने भएपछि खेल स्थगित हुने भएको हो ।

यसअघि मनाङ मर्स्याङ्दीका ६ खेलाडी कोभिड–१९ पुष्टी भएको थियो ।

 

प्रतिक्रिया