प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट, जापानमा बढ्याे खतरा


काठमाडौं – प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट हुँदा जापानका धेरै क्षेत्रमा सुनामीको खतरा बढेको छ । ज्वालामुखी असरले जापानको होकाइदोदेखि ओकिनवासम्म सुनामी आउने अनुमानसहित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जापानको होकाइदो, आओमोरी, मियागी, फुकुसिमा, इवाराकी, चिबाको कुजुकुरी र उचिबोमा सुनामीको खतरा बढेको हो । त्यसैगरी मेइ प्रिफेक्चरको दक्षिणी क्षेत्र, पूर्वी खागोसिमालगायतका क्षेत्रमा सुनामी आउन सक्ने भन्दै नागरिकहरुलाई सुरक्षित रहन स्थानीय अधिकारीहरुले आग्रह गरेका छन् ।

जापानको आन्तरिक मामिला तथा संचार मन्त्रालयको अग्नि विभागले दिएको जानकारीअनुसार आओमोरी, इवाते, मियागी, चिवा, तोकुसिमा, कोची, मियाजाकी र खागोसिमा प्रिफेक्चर क्षेत्र सबैभन्दा बढी जोखिममा छन् ।

सुनामीको उच्च जोखिममा रहेका ८ प्रिफेक्चरको ५५ नगरपालिकाहरुबाट हालसम्म १ लाख ८ हजार ६६७ घरधुरीका २ लाख २९ हजार २३९ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।

प्रतिक्रिया