

दक्षिण अफ्रिकासँग लज्जास्पद हारपछि बिराट कोहलीले छाडे कप्तानी

काठमाडौँ – दक्षिण अफ्रिकासँगको सिरिजमा शर्मनाक हारपछि विराट कोहलीले टेस्टबाट कप्तानी छोडिदिएका छन्। विराट कोहलीले एक विज्ञप्ति निकालेर यसबारेको जानकारी दिएका हुन्।
उनले शनिवार साँझ एक विज्ञप्ति निकालेर आफूले हरेक कुरामा १२० प्रतिशत योगदान दिन चाहेको बताउँदै यदि त्यसो नभएमा गलत हुने तर्क गरेका छन्। उनले दक्षिण अफ्रिकासँग पराजयसँगै आफ्नो टीमसँग कदापि बेइमानी नगर्ने बताउँदै कप्तानबाट राजीनामा दिएका हुन्।
कोहलीले टी-२० विश्वकप शुरू हुनुपहिले यस फर्म्याटको कप्तानी छोडिदिएका थिए। दक्षिण अफ्रिका भ्रमणअघि उनलाई वनडेको कप्तानीबाट पनि हटाइएको थियो। त्यसबेला चयनकर्ताहरुले ह्वाइट बल क्रिकेटका दुईजना कप्तान हुन नसक्ने बताएका थिए।

