६ महिनापछि बल्ल खुल्दै अफगानिस्तानमा एटीएम सेवा


अफगानिस्तान –  तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा करिब ६ महिनापछि शनिबारबाट एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

द अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ। सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो ।

अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरू बन्द भएका थिए।

‘दा अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एटीएमहरू पुनः सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा दिनेछ।’

जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन् ।

यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख गरिएको छैन, खामा प्रेसले जनाएको छ ।

नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन् ।

प्रतिक्रिया