एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण


काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई कोरोना संक्रमण भएको छ । महासचिव पोखरेलले आज(शुक्रबार) सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएका हुन्।

सङ्क्रमण भएपछि केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले यसअघि निर्धारित सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन‚’ महासचिव पोखरेलले लेखेका छन्‚ ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो. निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

प्रतिक्रिया