मिनिबस र ट्याक्सी ठोक्किँदा दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु, १२ घाइते


दक्षिणअफ्रिका –  दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

बुधबार भएको सो दुर्घटनामा परेर अरु १२ जना घाइते भएका छन् । ती घाइतेको अवस्था पनि गम्भीर रहेको उनीहरुको भनाई रहेको छ । निकै दु्रत गतिमा ती दुवै सवारी दुई बिपरीत बाटोबाट आएका थिए । त्यस क्रममा ठोक्किएका र त्यसपछि सवारीमा आगो लागेको थियो ।

आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु नराम्ररी जलेका थिए । जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया