धोबिखोला करिडोरको अनुगमनमा मन्त्री झाँक्री


काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री झाँक्रीले बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई निर्देशन दिएकी छन् ।

अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, ‘करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः अनुगमनमा आउँछु ।’ मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ ।

मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको हो ।

टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । बिहान ६ः३० मा बबरमहलबाट सुरु भएको अनुगमन बुढानिलकण्ठ पुगेर टुगिंएको थियो ।

प्रतिक्रिया