

इजरायलका लागि पूर्वराजदूत शाक्यले बुझाइन् मन्त्रालयमा प्रतिवेदन

काठमाडौं – इजरायलका लागि पूर्वराजदूत अन्जान शाक्यले आफ्नो कार्यकालको दौरानमा रहेको गृहकार्यको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएकी छिन् । शाक्यले आफ्नो प्रतिवेदन मंगलबार परराष्ट्र सचिव भरतराज पौड्याललाई हस्तान्तरण गरेकी हुन् ।
पूर्वराजदूत शाक्यले आफ्नो कार्यकालमा भएका सम्पूर्ण गतिविधिलाई उल्लेख गरेर परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाएको बताएकी छन् ।
शाक्यले फेब्रुअरी २०१९ देखि अक्टोबर २०२१ सम्म इजरालमा राजदूतका रूपमा काम गरेकी थिइन् । मन्त्रालयले हरेक राजदूत फर्किएर आएपछि उसले आफ्नो कार्यकालमा गरेको गतिविधिको बारेमा जानकारीसहितको प्रतिवेदन पेस गर्न भनेको हुन्छ ।

