नर्सरी शिक्षिकाका कामुकता दोषी बनेपछि…


काठमाडौं– दूनियाँका हरेक महिला सुन्दर देखिन चहान्छन्। तर सोच्नुहोस् यहि कारण कसैको जागिर गयो भने? हो, रुसकी एक नर्सरी शिक्षिकाको कामुक तस्बिर दोषी बन्यो जसका कारण जागिरबाट निकालियो।

विद्यालय प्रशासनका अनुसार उनको सुन्दरताका कारण विद्यार्थीमा गलत प्रकारको भावना जागृत भएपछि निकाल्न बाध्य हुनुपरेको थियो।

२६ बर्षिया भिक्टोरिया डेमेस्किना रुसको एकातेरिनवर्ग सहरमा थिइन्। एउटा स्कुलमा बच्चालाई पढाउँथिन्। अरु जस्तै सोसियल साइटमा उनी पनि ट्वीट गर्थिन्। इन्स्टाग्राममा तस्बिर पोस्ट गर्थिन्।

उनका यीनै तस्बिरका आधार बनाएर स्कुलले जागिरबाट निकालिदियो। स्कुलमा रहेका विद्यार्थीका केही अभिभावकले उनका तस्बिर देखेपछि प्रशासनमा गुनासो गरेका थिए। जसका कारण भिक्टोरियाको जागिर गएको थियो। एजेन्सी

प्रतिक्रिया