प्रतितोला ४०० रुपैँयाले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको भाउ तोक्दै सुन ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ थियो । यस्तै, महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको उल्लेख गरेको छ । जसअनुसार, आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको प्रतितोला मूल्य १२ सय ३० रुपैयाँ थियो ।

प्रतिक्रिया