दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न सिफारिस


काठमाडाैँ –  राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न सिफारिस गरेको छ। प्रशोधित दूधको मूल्य हाल प्रतिलिटर ७६ रुपैयाँ छ। अब प्रशोधित दूधको मूल्य ८६ रुपैयाँ कामय गर्न बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको हो।

दूधको मूल्य निर्धारण सिफारिस समितिले प्रतिलिटर ७६ रुपैयाँमा १० रुपैयाँ वृद्धि गरी दूधको मूल्य लिटरको ८६ रुपैयाँ कायम गर्न भनेको छ।

कृषि मन्त्री महिन्द्र राय यादवले बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न सिफारिस गरेको जानकारी दिए। ‘त्यसमा छलफल गरेर चाँडै दूधको मूल्य निर्धारण गरिने छ,’ उनले भने, ‘बोर्डले  सिफारिस  गरेको  मूल्यमा मन्त्रालयले  सरोकारवालाहरूलाई  राखेर छलफल गरेपछि मूल्य निर्धारण गरिने छ।’

बोर्डले हालको उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रति लिटरममा १० रुपैयाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपैयाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपैयाँ प्रति लिटर उद्योगीलाई हुने गरी वृद्धि गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया