

दिल्लीमा कोरोना ब्लास्टः संसद भवनका ११९ कर्मचारीमा कोरोना पुष्टी

नयाँदिल्ली – संसद भवनमा काम गर्ने ११९ जनामा कोरोना पुष्टी भएको छ । मंगलबार गरिएको कोरोना परिक्षणमा नयाँदिल्लीस्थित संसद भवनमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी गरी ११९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पछिल्ला दिनमा नयाँदिल्लीमा अत्याधिक संक्रमितको संख्या थपिँदै गउको छ । अहिले केजरीवाल सरकारले दिल्लीका सबै निजी कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।
अहिले दिल्लीमा १९१२ कोरोना संक्रमितहरुको अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये ४४५ जना आईसीयूमा छन् भने ५०३ जना अक्सिजनको सपोर्टमा उपचार गराइरहेको जनाइएको छ ।

