२८ सय नाघ्यो नेप्से, ७ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि


काठमाडौं – मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २८ सय अङ्क नाघेको छ । ४९.१९ अङ्कले बढेसँगै परिसूचक २८३४ अङ्कमा पुगेको हो ।

परिसूचक बढ्दा कारोबार रकम भने केही खुम्चिएको छ । सोमबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७२ करोडमा खुम्चिएको छ ।

कुल १७० कम्पनीको मूल्य बढ्यो भने १९ कम्पनीको घट्यो । उपसमूहगत रुपमा हेर्दा उत्पादन ३१ अङ्कले घट्यो भने अरु सबै बढेका छन् ।

बैङ्किङ ३, विकास बैङ्क १७१, फाइनान्स १४९, होटल तथा पर्यटन १०७, जलविद्युत ६५, जीवन बीमा ५९७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा ३३६, व्यापार ४० र अन्य उपसमूह २७ अङ्कले बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, मध्यभोटेकोसी जलविद्युत, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । माउन्टेन इनर्जीको मूल्य सबैभन्दा धेरै ३.५ प्रतिशतले घट्यो ।

 

प्रतिक्रिया