मिचिएको सार्वजनिक जग्गा खाली गराउँदै काठमाडौं वडा नं. ७


काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. ७ वडा कार्यालयले मिचिएको सार्वजनिक जग्गा खाली गराउन सुरु गरेको छ ।

वडा कार्यालयले चाबहिलको मित्रपार्क चोक क्षेत्रमा मिचिएको जग्गा आज (मंगलबार) देखि खाली गराउन डोजर चलाएको छ । मित्रपार्क चोकमा वर्षौंदेखि मञ्जु अग्रवालले भोगचलन गर्दै रहेको सार्वजनिक जग्गामा बनेको संरचना डोजर लगाएर खाली गरेको छ ।

वडाले वडाभित्र वर्षौंदेखि विभिन्न व्यक्तिले भोगचलन गर्दै सार्वजनिक जग्गाबाट भाडा उठाईरहेको पनि जनाएको छ । त्यसैले जतिसक्दो छिटो वडाले सबै सार्वजनिक जग्गाहरु खाली गरिने वडाध्यक्ष शुद्ध डंगोलले बताए ।

No description available.

No description available.

प्रतिक्रिया