

स्मार्ट लकडाउनबारे छलफल गर्न उपत्यकाका तिनै जिल्लाका सिडीओहरु बैठक बस्दै

काडमाडौं – कोरोना भाइरस संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोही अनुसार उपत्यकामा कोरोना भाइरस संक्रमणको तथ्याकं र जोखिमकोअवस्थाई मध्यनजर गर्दै स्मार्ट लकडाउनबारे छलफल गर्न उपत्यकाका तिनै जिल्लाका सिडीओहरुको बैठक बस्न लागेको हो ।
मंगलबार दिउँसो काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका छन् । सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने बताइएको छ ।

