

भीआईपीलाई कोरोनाः भाजपा अध्यक्ष नड्डा र मुख्यमन्त्रीद्वय नीतीशकुमार र बासवराजलाई कोरोना पुष्टी

नयाँदिल्ली – भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमार र कर्नाटकका मुख्यमन्त्री बासवराज बोम्मईलाई कोरोना पुष्टी भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्ला दिनमा भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गइरहेको छ । यसलाई कोरोनाको तेस्रो लहरका रुपमा मानिएको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी भएको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डालाई पनि कोरोना संक्रमण पुष्टी भएको जनाइएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएपछि दिल्ली सरकारले दिल्लीका सबै निजी कार्यालयहरुलाई बन्द गर्न निर्देशन दिएको छ ।
यसअघि भारतीय केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहलाई पनि कोरोना पुष्टी भएको थियो ।

