भोलिदेखि उपत्यकामा हट्ने भयो जोर-विजोर प्रणाली


काठमाडौं – जिल्ला प्रशासन कार्यालयले भोलि शुक्रबारदेखि उपत्यकामा सार्वजनिक सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको भन्दै हटाउने निर्णय गरेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक सवारी सडकमा गुड्न पाउनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वासथ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक सवारी चल्न दिने निर्णय भएको छ ।

प्रतिक्रिया