अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले अचानक बोलाए संवैधानिक परिषद बैठक
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ः३० बजे संवैधानिक परिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले यसअघि साँझ ६ बजेका लागि मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन् ।
यसअघि मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो।
त्यसपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
यसअघि मंगलबार बसेको परिषद बैठकमा भने कांग्रेस सभापति शेरबाहदुर देउवा उपस्थित भएका थिएनन् ।