
भारतमा सोमबार १ लाख ७९ हजार संक्रमित थपिए, १४६ जनाको मृत्यु
दिल्ली – पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७९ हजार ७२३ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।
सोही अवधीमा थप १४६ जनाको मृत्यु भएको छ । भारतको सक्रिय संक्रमित संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ ।
४६ हजार ५६९ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ४१० वटा ओमिक्रोन संक्रमित थपिएका छन् ।
भारतमा अहिलेसम्म ओमिक्रोनका कूल ४०३३ केस पुष्टि भएका छन् । आजैदेखि भारतमा बुस्टर डोज पनि दिन सुरु गरिएको छ ।



कागजपत्र |
