चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प


बेइजिङ – चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको हो ।

विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया