राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवारलाई जिताउन तोकियो चुनावी कमाण्डर


काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनमा आफ्‍ना उम्‍मेद्‍वार जिताउन सत्तारुढ गठबन्‍धनले विभिन्‍न नेताहरूलाई जिम्‍मेवारी दिएको छ । विभिन्‍न प्रदेशहरुमा पार्टी-पार्टीबीच समन्वय गर्नका लागि गठबन्धनमा रहेका विभिन्‍न दलहरूको तर्फबाट पार्टी नेतृत्वहरूलाई जिम्मेवारी तोकिएको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्‍ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्‍ट पार्टी (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राजमो, नेपाल, सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउन र प्रदेश जिल्ला लगायत स्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्न नेताहरूलाई जिम्‍मेवारी दिइएको हो ।

प्रदेश नं. १ 
१) घनेन्द्र वस्नेत – नेकपा (एकीकृत समाजवादी)
२) राम कार्की – नेकपा (माओवादी केन्द्र)
३) अशोक कुमार राई – ज.स.पा., नेपाल
४) ज्ञानेन्द्र बहादुर कार्की – नेपाली कांग्रेस
५) हरिकान्त पौडेल – राष्ट्रिय जनमोर्चा

प्रदेश नं.२ 
१) रामचन्द्र यादव – नेकपा (एकीकृत समाजवादी)
२) गपोश शाह – नेकपा (माओवादी केन्द्र)
३) मृगेन्द्र सिंह यादव – ज.स.पा., नेपाल
४) रमेश रिजाल – नेपाली कांग्रेस
५) धर्मानन्द सुवेदी- राष्ट्रिय जनमोर्चा

बागमती प्रदेश 
१) प्रकाश महत – नेपाली कांग्रेस
२) केदार न्यौपाने – नेकपा (एकीकृत समाजवादी)
३) हितमान शाक्य – नेकपा (माओवादी केन्द्र)
४) गंगानारायण श्रेष्ठ -ज.स.पा., नेपाल
५) लाल बहादुर थापा – राष्ट्रिय जनमोर्चा

गण्डकी प्रदेश 

१) केशवलाल श्रेष्ठ – नेकपा (एकीकुत समाजवादी)
२) हितराज पाण्डे – नेकपा (माओवादी केन्द्र)
३) हरिशरण आचार्य – ज.स.पा., नेपाल
४) शंकर बराल – रा.ज.मो,
५) रामचन्द्र पौडेल – नेपाली कांग्रेस

लुम्बिनी प्रदेश

१) चक्रपाणी खनाल – नेकपा (माओवादी केन्द्र
२) भागवत विश्वासी – नेकपा (एकीकृत समाजवादी)
३) सहसराम यादव -ज.स.पा., नेपाल
४) सुरेश थापा – राष्ट्रिय जनमोर्चा
५) बालकृष्ण खाँड – ने.का,

कर्णाली प्रदेश 
१) शक्ति बस्नेत – नेकपा (माओवादी केन्द्र)
२) जीवन बहादुर शाही – ने.का,
३) प्रकाश ज्वाला – नेकपा (एकीकृत समाजवादी)
४) भक्त बहादुर शाह – ज.स.पा., नेपाल
५) जनकराज शर्मा – राष्ट्रिय जनमोर्चा

सुदरपश्चिम प्रदेश 
१) विक्रम शाही – नेकपा (एकीकृत समाजवादी)
२) खगराज भट्ट – नेकपा (माओवादी केन्द्र)
३) दिलेन्द्र बडु – नेपाली कांग्रेस
४) नन्दराज भट्ट – राष्ट्रिय जनमोर्चा
५) मालामति चौधरी – ज.स.पा., नेपाल

प्रतिक्रिया