फिफा वर्ष खेलाडीको मनोनयनमा मेस्सी,सलाह र लेवान्डोस्की, अटाएनन् रोनाल्डो !


काठमाडौँँ – २०२१ को फिफा वर्ष खेलाडीको मनोनयनमा परेका उत्कृष्ट तीन खेलाडीको नाम सार्वजनिक भएको छ। शुक्रबार विश्व फुटबल महासंघ ९फिफा०ले महिला र पुरुष दुवैतर्फको उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको हो।

पुरुषतर्फको फिफा वर्ष खेलाडीको मनोनयनमा अर्जेन्टिना तथा पीएसजीका फरवार्ड लियोनेल मेस्सी, पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह परेका छन्।

मनोनयनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन्। मेस्सीले २०२१ को बालोन डे’ओरको उपाधि पनि जितेका थिए भने लेवान्डोस्की दोस्रो भएका थिए। सलाह भने सातौं स्थानमा थिए।

फिफासँग आबद्ध विश्वका प्रत्येक राष्ट्रिय टोलीको कप्तान र प्रशिक्षकले वर्षको उत्कृष्ट खेलाडीको लागि अंक दिन पाउँछन्। उनीहरुकै भोटको आधारमा वर्ष खेलाडी तय गरिन्छ।

फिफाको महिलातर्फको उत्कृष्ट खेलाडीमा स्पेन तथा बार्सिलोनाका जेनिभर हर्मोसो र एलेक्सिया पुटेलास र अष्ट्रेलिया तथा चेल्सीकी साम केर मनोनयनमा परेका छन्। जनवरी १७ मा फिफा वर्ष खेलाडीको घोषणा हुनेछ।

प्रतिक्रिया