उच्च शिक्षाका लागि अमेरिका उडे हृदयेन्द्र शाह


काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह उच्च शिक्षाका अध्ययनका लागि अमेरिका गएका छन् । हृदयेन्द्र बिहीबार साँझ उच्चशिक्षा अध्ययनका लागि अमेरिका प्रस्थान गरेको स्रोतले जनाइएको छ ।

उनले रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ पास गरेर स्नातक तह अध्ययनका लागि अमेरिका गएका हुन् । अहिलेसम्म उनले अध्ययन गर्ने विश्वविद्यालयको नाम भने खुलाईसकिएको छैन ।

पूर्व नवयुवराज समेत रहेका हृदयेन्द्रको जेठ ९ गते कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको फोटो तथा शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक भएको थियो। शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ ।

हृदयेन्द्रले काठमाडौंको सुरुमा रुपिज इन्टरनेश्नल स्कूल त्यसपछि लिंकन स्कूलमा अध्ययन गरेका हुन् । सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् । उनका दुई दिदिहरु पूर्णिका र कीर्तिकाले थाईल्यान्डमा अध्ययन गर्दै आएका छन् ।

केही साताअघि मात्र कीर्तिकाले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आमा हिमानीको उपस्थितिमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी थिइन् ।

प्रतिक्रिया