

सरकार सञ्चालन समन्वय समितिको बैठक बालुवाटारमा

काठमाडौं – सरकार सञ्चालन समन्वय समितिको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा अहिले बिहानदेखि सुरु भएको समितिको बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका नवनियुक्त अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीककृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताको उपस्थिति रहेको जनाइएको छ । त्यस्तै बैठकमा बाबुराम भट्टराई, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपेन्द्र यादव, दुर्गा पौडेललगायतका नेता सहभागी रहेका छन् ।

