

भारतमा एकैदिन थपिए १ लाख १७ हजार बढी कोरोना संक्रमित

नयाँदिल्ली – भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।
भारतमा पछिल्लो २४ घन्टामा १ लाख १७ हजार १ सय नयाँ कोरोना संक्रमित देखिएका हुन् । यससँगै भारतमा पहिलोपटक ७ महिना यता लाख बढी संक्रमित थपिएका छन् । यसअघि गत जुन ६ मा एक लाख भन्दा बढी नयाँ संक्रमित देखिएका थिए ।
अहिलेसम्म भारतमा ३ करोड ५२ लाख २६ हजार ३ सय ८६ जना संक्रमित पुगिसकेका छन् । त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा ३ सय २ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा ४ लाख ८३ हजार १ सय ७८ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म भारतमा ३ करोड ४३ लाख ७१ हजार ८ सय ४५ संक्रमणमुक्त भइसकेका छन् ।

