

हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

काबुल – अत्याधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् ।
अफगानिस्तानमा गत बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी वर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू देशको हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान, ताखर र केन्द्रीय राजधानी काबुलका रहेका छन् ।
देशको ९० प्रतिशत भूभागमा हिमपात, वर्षा र बाढीको असर परेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
हिमपात, वर्षा र बाढीका कारण मानवीय क्षतिसँगै भौतिक क्षति पनि भएको र आर्थिक नोक्सानी भएको जनाइएको छ ।

