कर्णाली प्रदेशसभा अधिवेशन आह्वान


कर्णाली – कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे)अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।

प्रतिक्रिया