गृहले गर्याे एसएसपीहरूको सरुवा : अपराध महाशाखामा बसन्तबहादुर कुँवर, ट्राफिकमा उमेशराज जोशी


काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका २४ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ।

बुधबारको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरूवा गरिएको हो। मन्त्रालयका अनुसार साविक अपराध महाशाखामा वसन्तबहादुर कुँवरआइपुगेका छन्। यसअघि महाशाखामा रहेका चन्द्रकुबेर खापुङ भने प्रहरी प्रधान कार्यालयमा पुगेका छन्।

त्यसैगरी ट्राफिक प्रमुखमा उमेशराज जोशी आइपुगेका छन्। यसअघिका ट्राफिक प्रमुख जनक भट्टराई लुम्बिनी प्रदेश कार्यालय रुपन्देही पुगेका छन्।

सूचीहरू

प्रतिक्रिया