कांग्रेसद्वारा संसद् बैठक तत्काल बोलाउन माग
काठमाडौं – नेपाली कांग्रेसले सरकारसमक्ष तत्काल संसद बैठक बोलाउन माग गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो।
सहमहामन्त्री प्रकाशशरण महतले दिएको जानकारीअनुसार संसद बैठक तत्काल बोलाउन सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको हो।
करिब तीन घण्टा कांग्रेस शीर्ष नेता छलफलमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि सरकारसँग माग गर्ने निर्णय गरेको जनाइएको छ
।