स्थायी समिति पुगेका ओली–प्रचण्डका प्रस्ताव खारेज, २६ भदौमा फर्कियो नेकपा
काठमाडौं– बालुवाटारमा तीन घन्टासम्म भएको नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ समझदारी बनेको छ।
केही सातादेखि विकसित भएको विवादको शिलशिलालाई बिट मार्न प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने, सरकारका कामलाई कसैले वाधा नगर्ने समझदारी बनेको छ। योसँगै सचिवालय हुँदै स्थायी समितिसम्म पुगेको प्रचण्ड र ओलीका राजनीतिक भनिएका १९ र ३८ बुँदे प्रस्ताव खारेज गर्ने समेतको अनौपचारिक सहमति बनेको उच्च स्रोतले जनायो।
यसपछि ओली स्थायी समितिको बैठकमा सहभागी भएका छन्। स्थायी समितिको बैठकमा दुवै अध्यक्षले आत्माआलोचना गरी २६ भदौमा दिएको कार्यादेशअनुसार चल्ने समझदारी बनेको बताइएको छ।